१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष आवश्यक : उद्योगमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:३७:oo

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष आवश्यक रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र केन्द्रीय महिला उद्यमी समितिले भृकुटीमण्डपमा आयोजना गरेको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटनमा बोल्दै मन्त्री भण्डारीले बिक्री कक्ष स्थापनाका लागि पूर्वाधार निर्माणमा आवश्यक पर्ने सहयोग र सहुलियतमा उद्योग मन्त्रालयको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

लघु, घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यस्ता उद्योगलाई प्रवद्र्धन गर्न आगामी आर्थिक वर्ष ०८१–८२ को बजेटमा लक्षित कार्यक्रम ल्याइने जानकारी दिए ।  सम्भावनायुक्त लघु, घरेलु तथा साना उद्योगलाई निश्चित समयका लागि सबै किसिमका करबाट मुक्त गरी स्वदेशी उत्पादनको अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

ad
ad