१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुरु भयो हिमालयन हाइड्रो एक्स्पो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३१:oo

 चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनाबाट बुधबारदेखि काठमाडौंको भृकुटीमण्डमा एक्स्पो सुरु भएको हो । एक्स्पो आगामी शुक्रबार हुनेछ । यद्यपि, एक्स्पोको औपचारिक उद्घाटन भने बिहीबार हुँदै छ । बिहीबार बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

एक्स्पोको पहिलो दिन विद्युतीय सवारी (इभी) र्‍याली गरिएको थियो । विद्युत्को खपत बढाउने सन्देशसहित गरिएको र्‍यालीको उद्घाटन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले गरेका छन् । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुवातअघि बिहान विद्युतीय सवारी प्रवद्र्धन र विद्युत् खपत बढाउने सन्देश दिंदै इभी र्‍याली आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए । 

हाइड्रो एक्स्पोको सुरुवातअघि भएको र्‍याली कमलादीको स्काई वाक टावरबाट सुरु भई सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटीमण्डपमा गएर समापन भएको थियो । र्‍यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए । ऊर्जा मन्त्री बस्नेतले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे । ‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्‍यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ’ उनले भने ।

एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक बिजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरणमैत्री रहेका कारण नेपालका लागि उपयुक्त रहेको बताए । एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत् व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकतालगायतका विषयमा सातवटा प्राविधिक सत्र हुनेछ । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।

उद्योग वाणिज्य श्रम उपभोक्त समितिका सभापति अब्दुल खानले भने विद्युत्विना देशको विकास सम्भव नभएको बताए । यस्तै, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले लगानीका लागि ऊर्जा क्षेत्र उपयुक्त भएको बताए । सम्मेलनमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनीले जलविद्युत् परियोजनाको निर्माणसम्बन्धी आवश्यक सामग्री तथा सेवा प्रदर्शनी गरेका छन् । 

यसैगरी, बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी पनि रहेका छन् । एक्स्पोमा १२ भन्दा बढी देशका कम्पनीले १०० भन्दा धेरै स्टलमा आफ्नो वस्तु तथा सेवा प्रदर्शन गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । 

ad
ad