१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लक्ष्य पछ्याउँदा स्टोनिसको सर्वाधिक रन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२८:oo

लखनउ सुपर जायन्टका मार्कोस स्टोनिसले लक्ष्य पछ्याएको इनिङ्समा व्यक्तिगत सर्वाधिक रन बनाएका छन् । उनले मंगलबार राति चेन्नई सुपर किंग्सविरुद्ध १२४ रनको शतकीय इनिङ्स खेले । चेन्नईले घरेलु मैदानमा पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेट गुमाएर २१० रन जोडेको थियो ।

प्रत्युत्तरमा लखनउले १९.३ ओभरमा चार विकेटको क्षतिमा २१३ रन बनाएको थियो । लखनउका स्टोनिसले ६३ बलमा १३ चौका र ६ छक्का प्रहार गरेका थिए । यसअघि सन् २०११ मा पन्जाबका पोल वालथेटीले चेन्नईविरुद्ध १२० रन जोडेका थिए । सन् २०११ मा दिल्लीका वीरेन्द्र सेहवागले हैदराबादविरुद्ध ११९ रन जोडेका थिए । आइपिएल इतिहासमा सन् २०२१ को संस्करणमा राजस्थानका सन्जु सामसनले पन्जाबविरुद्ध लक्ष्य पछ्याएको इनिङ्समा ११९ रनको योगदान दिएका थिए । सन् २०१८ मा चेन्नईका सेन वाट्सनले मुम्बई इन्डियन्सविरुद्धको प्रतिस्पर्धामा ११७ रन बटुलेका थिए । 

हेनरिक छक्का प्रहार गर्नेमा अगाडि
सनराइजर्स हैदराबादले चालू आइपिएलमा आक्रामक ब्याटिङ प्रस्तुत गरेको छ । हैदराबादले सर्वाधिक योगफलको आफ्नै रेकर्ड तोडेको छ । हैदराबादका हेनरिक क्लासनले धेरै छक्का प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । उनले सात खेलमा २६ छक्का प्रहार गरेका छन् । हैदराबादका अभिषेक शर्मा दोस्रो स्थानमा छन् । उनले २४ छक्का प्रहार गरे । कोलकाताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनील नारिनले सात खेलमा २० छक्का हिर्काए । उनी तेस्रो स्थानमा छन् । यसैगरी, लखनउका निकोलास पुरन २० छक्काका साथ चौथो स्थानमा रहे । राजस्थानका रायन परागले आठ खेलमा २० छक्का प्रहार गरेका छन् । 

बाउन्ड्री लगाउनेमा टेभिस 
सनराइजर्सका अस्ट्रेलियन खेलाडी टेभिस हेड धेरै चौका प्रहार गर्ने खेलाडीको सूचीमा छन् । उनले केवल ६ खेलमा ३९ पटक बललाई बाउन्ड्री कटाएका छन् । रोयल च्यालेन्जर्स बेंग्लोरका विराट कोहली दोस्रो स्थानमा छन् । उनले आठ खेलमा ३६ चौका लगाएका छन् । यसैगरी, कोलकाताका फिल साल्टले सात खेलमा ३१ पटक चौका प्रहार गरे । चालू सिरिजमा खराब लयमा गुज्रिरहेको मुम्बईका पूर्वकप्तान रोहित शर्मा धेरै चौका लगाउने खेलाडीको सूचीको चौथो स्थानमा छन् । उनले सात खेलमा ३० चौका प्रहार गरे । कोलकाताका सुनीलले सात खेलमा २८ चौका लगाएका छन् । 

कोहलीलाई पछ्याउँदै टेभिस
आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीमा बेंग्लोरका कोहली छन् । उनले आठ खेलमा ३७९ रन जोडेका छन् । उनलाई सनराइजर्सका टेभिस हेडले पछ्याइरहेका छन् । उत्कृष्ट लयमा देखिएका टेभिसले ६ खेलमा ३२३ रन जोडेका छन् । कोहली र टेभिसले समान एक शतकीय इनिङ खेलेका छन् । राजस्थानका रायन परागले आठ खेलमा ३१८ रन बनाएका छन् । राजस्थानकै सन्जु सामासनले आठ खेलमा ३१४ रन बटुलेका छन् । मुम्बईका रोहित शर्माले आठ खेलमा एक शतकको मद्दतमा ३०३ रन जोडेका छन् ।

ad
ad