१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २३ आइतबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्रीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:१o:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सानो आकारको मन्त्रिमण्डल आज गठन गर्ने भएका छन् । आज मुख्यमन्त्री कँडेलले एमाले र माओवादी केन्द्रका एक–एकजना सहभागी गराएर मन्त्रिमण्डल गठन गर्न लागेका हुन् । 

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका तर्फबाट रणसिं परियार मन्त्री बन्ने  निर्णय भएको माओवादीका प्रदेश सभाका सांसद तथा पूर्वआन्तरिक तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । ‘आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो,’ उनले भने, ‘मन्त्रालयको टुंगो भने लगाइएको छैन ।’

आज माओवादीको तर्फबाट परियारलाई पठाउने, मन्त्रालय र बाँकी मन्त्रीको टुंगो मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने जिसीले बताए। मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिएपछि मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । 

त्यस्तै, आज एकजना एमालेका तर्फबाट पनि मन्त्रिमण्डल सहभागी हुने एमाले कर्णाली प्रदेश संसदीय दलले जनाएको छ।

ad
ad