१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

एआईको बढ्दो प्रभावले न्युजरुममा कस्तो असर गर्ला ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:१o:oo

आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता/एआई) को वृद्धिले बढ्दो संख्यामा पत्रकारलाई प्रविधिबाट उत्पन्न हुने चुनौतीको सामना गर्न बाध्य पारेको छ । एआईले केही पत्रकारलाई प्रतिस्थापन गर्न सक्ने जोखिम पनि बढाएको छ ।इटलीको सहर पेरुगियामा हालै भएको अन्तर्राष्ट्रिय पत्रकारिता महोत्सवका क्रममा सहभागीले यस्तै धारणा राखे । सो अवसरमा न्युजरुमलाई एआईको सहयोग र तिनीहरूलाई पूर्ण रूपमा रुपान्तरण गर्न एआईको भूमिकाबारे चर्चा गरिएको थियो ।

मानव बौद्धिकताको नक्कल गर्ने एआई उपकरण विश्वभरका न्युजरुममा ध्वनि फाइल ट्रान्सक्राइब गर्न, टेक्स्ट संक्षेप गर्न र अनुवाद गर्न व्यापक रूपमा प्रयोग गरिन्छ । सन् २०२३ को प्रारम्भमा जर्मनीको एक्सेल स्प्रिंगर समूहले बिल्ड र डाइ वेल्ट अखबारहरूमा जागिर कटौती गरिरहेको घोषणा गरेको र एआईले अब आफ्ना केही पत्रकारलाई प्रतिस्थापन गर्न सक्ने जनाएको छ ।

जेनेरेटिभ एआईको घट्यो लागत 
सन् २०२२ को उत्तराद्र्धमा च्याटजिपिटी देखा परेपछि जेनेरेटिभ एआईको लागत घटेको र ‘युएस स्टार्ट–अप ओपेन एआई’द्वारा डिजाइन गरिएको उपकरण अब साना न्युजरुममा पहुँचयोग्य बनेका छन् ।कोलम्बियाली खोज आउटलेट क्युसन पब्लिकाले इन्जिनियरहरूलाई एउटा उपकरण विकास गर्न प्रयोग गरेको छ, जसले अभिलेखमा खोजी गर्न र ब्रेकिङ न्युजको घटनामा पृष्ठभूमि जानकारी फेला पार्न सक्नेछ । ‘तर, धेरै मिडिया संगठनले एआई इन्टरफेसको केन्द्रमा रहेको आफ्नै भाषा मोडेलहरू बनाउँदैनन्,’ एम्स्टर्डम विश्वविद्यालयका प्राध्यापक नताली हेलबर्गरले भने, ‘तिनीहरू सुरक्षित र भरपर्दो प्रविधि बन्न आवश्यक छ ।’

मानव बौद्धिकताको नक्कल गर्ने एआई उपकरण न्युजरुममा ध्वनि फाइल ट्रान्सक्राइब गर्न, टेक्स्ट संक्षेप पार्न र अनुवाद गर्न व्यापक रूपमा प्रयोग गरिन्छ  

गलत सूचनाको जोखिम  
एभ्रिपिक्सेल जर्नलले गत वर्ष गरेको अनुमानअनुसार एक सय ५० वर्षमा फोटोग्राफीमार्फत सार्वजनिक हुने तस्बिर एआईले एक वर्षमै सिर्जना गरेको छ । यसले गहिरो प्रश्न खडा गरेको छ । मिडिया र प्राविधिक संगठनले खतरालाई सम्बोधन गर्न टोली बनाउँदै गरेको र विशेषगरी ‘कन्टेन्ट प्रोभेनेन्स एन्ड अथेन्सिटी’का लागि साझा मापदण्ड तय गर्न खोजेको छ । ‘हाम्रो मुख्य काम भनेको समाचार संकलन, प्रत्यक्ष स्थलगत रिपोर्टिङ हो,’ हालै एएफपी सम्पादकीय नवप्रवर्तन र कृत्रिम बौद्धिकताका लागि विश्वव्यापी समाचार निर्देशकमा नियुक्त गरिएकी सोफी ह्युटनले भनिन्, ‘हामी मानव रिपोर्टरहरूमा केही समयका लागि निर्भर हुनेछौँ । तर, यो कृत्रिम बौद्धिकताको सहयोगले हुन सक्छ ।’ 

पारदर्शितामा जोड र नियमन आवश्यक 
विश्वसनीय समाचारको रक्षा गर्न आफ्नो मिडिया अधिकार संक्षिप्त विस्तार गरेको मिडिया अधिकार वाचडग रिपोर्टस विदाउट बोडर्सले गत वर्षको अन्तमा एआई र पत्रकारिताबारे पेरिस चार्टर सार्वजनिक गरेको थियो । बोडर्सले पारदर्शितामा जोड दिएको थियो । ‘पेरिस चार्टरबारे मलाई साँच्चै मनपर्ने कुरामध्ये एउटा पारदर्शितामा जोड थियो,’ अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा ग्लोबल मिडिया, इनोभेसन र मानवअधिकारका लेक्चरर आन्या सिफ्रिनले भने ।

मार्चमा युरोपेली संसद्ले नवप्रवर्तनलाई नरोकी एआई मोडेललाई नियमन गर्ने लक्ष्य राखेको एउटा कानुन अंगिकार गर्‍यो । तर, दिशानिर्देश र चार्टर न्युजरुममा द्रुत रूपमा सामान्य भइरहेका छन् ।भारतको अनलाइन न्युज मेडिया क्विन्टिलियनमा हरेक तीन महिनामा एआई सम्पादकीय दिशानिर्देश अध्यावधिक गर्ने गरिएको उक्त मिडियाका मालिक रितु कपुरले बताए । संस्थाको कुनै पनि लेख एआईमार्फत लेख्न सकिँदैन र यसले सिर्जना गर्ने तस्बिरले वास्तविक जीवनलाई प्रतिध्वनित गर्न सक्दैन ।

 एआई मोडेलहरूले डाटा उपलब्ध गराउँछन । तर संगसँगै समस्या पनि बढाएका छन् । डिसेम्बरमा न्युयोर्क टाइम्सले प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै ओपनएआई र यसको मुख्य लगानीकर्ता माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको थियो ।यसविपरीत अन्य मिडिया संगठनले ओपनएआईसँग सम्झौता गरेका छन् ।

एक्सेल स्प्रिंगर, अमेरिकी समाचार एजेन्सी एपी, फ्रान्सेली दैनिक मोन्डे र स्पेनी समूह प्रिसा मिडियाले ओपनएआईसँग सम्झौता गरेका हुन् । यिनीहरूको शीर्षकमा एल पेस र एएस अखबारहरू समावेश भएका छन् ।कोलम्बिया विश्वविद्यालयको पत्रकारिता स्कुलका प्राध्यापक एमिली बेलले मिडिया उद्योगमा स्रोत–साधनको अभाव भएकाले नयाँ प्रविधिसँग सहकार्य गर्न आकर्षक रहेको बताउँछन् ।     

–एएफपी

ad
ad