१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रोडसाइड रोलकल : भुइँमान्छेका समस्या सुन्न टोल–टोलमै प्रहरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:oo:oo

सीमान्तकृत समुदायको प्रहरीसँग पहुँच बढाउन काठमाडौं प्रहरीले नयाँ कार्यक्रम सुरु गरेको छ। ‘रोडसाइड रोलकल’ नामक यस कार्यक्रमअन्तर्गत प्रहरीले समाजका तल्लो तहमा रहेका समुदायको स्थानीय स्तरमै गएर समस्या सुन्ने भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले कार्यक्रमको शुक्रबार उद्घाटन गरेका छन्। कार्यक्रमअन्तर्गत समुदायमै गएर सर्वसाधारणका गुनासा र समस्या प्रहरीले सुन्न थालेको छ। जसको पहिलो कार्यक्रम शुक्रबार हलचोकमा सम्पन्न भयो। 

पहिलो चरणमा काठमाडौंका विभिन्न १० ठाउँमा यसरी आममान्छेका समस्या सुन्ने प्रहरीको योजना छ। सुकुमवासी, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यकलगायत राज्यका माथिल्लो निकायमा पहुँच नभएका व्यक्तिहरूका समस्या सुन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी खत्री बताउँछन्।

‘भुइँमान्छेको पहुँच प्रहरीमा सहजै पुगोस् भन्ने उद्देश्यले हामीले यो नवप्रवर्तनीय कार्यक्रमको सुरुवात गरेका हौँ,’ उनले भने, ‘यसले प्रहरी मात्र होइन, राज्यप्रतिकै नागरिकको विश्वास बढाउँछ भन्ने हाम्रो विश्वास छ।’

शुक्रबार स्वयम्भुमा भएको कार्यक्रममा सहभागीहरूले फुटपाथको व्यापार रोकिएपछि बेरोजागर भएकोदेखि ठगीको घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको गुनासो गरेका थिए। कतिपयले प्रहरीसँग असम्बन्धित समस्या सुनाए पनि त्यसमा सम्बन्धित निकायलाई जानकारी गराइने प्रहरीले जनाएको छ। प्रहरीसँग सम्बन्धित समस्या तत्कालै कार्यान्वयनमा लैजाने बताएको छ। कार्यक्रमले नागरिकसँग सम्बन्ध विस्तार हुने र शान्तिसुरक्षामा पनि सहयोग पुग्ने प्रहरी अधिकारी बताउँछन्।

यसअघि एसपी प्रकाश मल्लले महोत्तरीमा अल्पसंख्यकसँग प्रहरी भनेर कार्यक्रम सुरु गरेका थिए। उनको समेत सहयोगमा काठमाडौं प्रहरीले आममान्छेका समस्या सुन्न नयाँ कार्यक्रम सुरु गरेको हो।

ad
ad