१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटन बोर्डको सिइओ बन्न २० जनाको आवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o७:oo

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न २० जनाले आवेदन दिएका छन् । बोर्डको सिइओ छनोट उपसमितिले सार्वजनिक आवेदन माग गरेकोमा अन्तिम दिन बिहीबारसम्म एकजना महिलासहित २० जनाको आवेदन परेको बताइएको छ । डा. धनञ्जय रेग्मीको कार्यकाल १६ माघमा सकिएपछि बोर्ड कार्यकारी प्रमुखविहीन छ ।

प्रमुख कार्यकारी बन्नका लागि बोर्डभित्रबाटै वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, लक्ष्मण गौतम, नवीन पोखरेल, श्रद्धा श्रेष्ठ र सन्तोषविक्रम थापाले आवेदन दिएका छन् । यस्तै, पूर्वसिइओहरू दीपकराज जोशी र डा. धनञ्जय रेग्मीले पनि फेरि सिइओ बन्न आवेदन दिएको बताइएको छ । जोशी अहिले नेपाल उद्योग परिसंघको महानिर्देशक छन् ।

सिइओ अन्य दाबेदारहरूमा विजय नेपाल, पदम वन, ठाकुर देवकोटा, राजाराम गिरी, राजाराम केसी, ज्ञानेन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, दीपक बास्ताकोटी, चाक्सु मल्ल, कमल दोधारी र रामचन्द्र सेढाईं रहेका छन् ।
 

ad
ad