
संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओसिएचए)ले मानवीय मामिला समन्वयका लागि बुधबार प्यालेस्टिनी क्षेत्रका लागि २.८२२ अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको छ।
उक्त रकम यस वर्षको अन्त्यसम्ममा पूर्वी जेरुसेलमसहित गाजा र वेस्ट ब्यांकका ३.१ मिलियन मानिसलाई सहायता गर्न प्रयोग गरिने युएनओसिएचएले जनाएको छ।
कार्यालयले उक्त प्रक्रियाका लागि, सञ्चालित अवस्थाहरूमा ठूला परिवर्तनहरू हेर्न आवश्यक रहेको जनाएको छ। मानवीय संस्थाहरूले गाजापट्टी र वेस्टब्यांकका पीडितलाई आवश्यक सुरक्षित र दिगो पहुँच हुनुपर्ने पनि जनाएको छ।
कार्यालयले भनेको छ, ‘गाजामा थप प्रवेश र आपूर्ति मार्गहरू चाहिन्छ, अशदोद बन्दरगाहको प्रयोग पनि चाहिन्छ। उनीहरूलाई गाजाभित्र आवागमनमा अवरोध नियन्त्रण र सहायताका लागि भिसा र अनुमतिहरू, समयमै प्रदान गरी मानवीय वस्तुहरू ल्याउन सक्षम हुन आवश्यक छ।’
गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गर्दा एक हजार दुई सय मानिस मारिए भने दुई सयभन्दा बढीलाई बन्धक बनाइएको थियो।
इजरायली आक्रमणले अहिलेसम्म ३३ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ भने ७६ हजारभन्दा बढी घाइते भएका छन्।