१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘होन्डा टेक्निसियन स्किल कन्टेस्ट’मा तीनजना पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५५:oo

 होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।  

उक्त कन्टेस्टमा एसटिसी वर्कसप टेकुका प्रह्लाद दाहालले प्रथम, ओम सत्य साही अटो सिटी प्रालि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एसटिसी वर्कसप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । उनीहरूले प्रमाणपत्रसहित क्रमशः ५०, ३० र २० हजार रुपैयाँ प्राप्त गरेका हुन् । 

प्रतियोगिता अवधिभर होन्डा जापानले उपलब्ध गराएको मार्गनिर्देशनअनुसार टेक्निसियनहरू होन्डा स्ट्यान्डर्ड प्रोसिडयुअरअन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिअन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न पाँचवटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट दुई–दुईजना छनोट गरी राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरिएको थियो । 

स्याकार ट्रेडिङ कम्पनीले विगत केही वर्षदेखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताएको छ । 

ad
ad