Skip This
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसिया पाँच विकेटले पराजित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ३० शुक्रबार १९:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसिया पाँच विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १९:३७:oo

मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले एसिसी टी–२० प्रिमियर कप २०२४ मा विजयी सुरुवात गरेको छ। 

मलेसियाले दिएको एक सय ४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍याे । 

समूह ‘ए’मा रहेको नेपालले अब हङकङ, कतार र साउदी अरेबियासँग समूह चरणका बाँकी खेलमा प्रतिस्पर्धा गर्नेछ ।

ओमानको अल अमेरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालका आसिफ शेखले ३५ बलमा ३२ रनको योगदान दिए।

कप्तान रोहितकुमार पौडेलले २४ बलमा २८, ओपनर कुशल भुर्तेलले २४ बलमा २४, दीपेन्द्रसिंह ऐरीले ११ बलमा २०, कुशल मल्लले ६बलमा सात रन बनाए। 

अविजित रहेका गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै सात बलमै १९ रन बनाएपछि नेपालको जित सहज बनेको हो। उनलाई सन्दीप जोराले नौ बलमा १२ रन दिएर साथ दिए । सन्दीप पनि अविजित रहे। 

त्यसअघि मलेसियाका कप्तान वीरनदीप सिंहले ५७ बलमा ७२ रन जोड्दै सानदार इनिङ्स खेलेका थिए। यस्तै, सरविन मुनिएन्डीले ४१ तथा मोहम्मद अमिरले १६ रनको योगदान दिएका थिए।

मलेसियालाई मध्यम लक्ष्य रोक्न नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले चार ओभरमा जम्मा १४ रन दिएर दुई विकेट लिए । अविनाशले चार ओभरमा २८ रन खर्चिएर एक विकेट लिए। गुल्सन झा र करण केसी केही महँगा देखिए। एक ओभर बलिङ गरेका गुल्सनले १२ रन तथा दुई ओभरमा करणले २१ रन खर्च गरेका थिए।