
पोखरामा यात्रुवाहक बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौंबाट बेनीतर्फ जाँदै गरेको ग.२ख १६३० नम्बरको बस बिहीबार बिहान करिब २:५० बजेको समयमा पोखरा महानगरपालिका– २५ हेम्जा सुइखेतमा दुर्घटना भएको वडा प्रहरी कार्यालय बगरका प्रमुख बोधराज रेग्मीले जानकारी दिए ।
काठमाडौंबाट बेनीतर्फ जाँदै गरेको बसका चालकले नियन्त्रण गुमाउँदा बस सडकको बायाँ साइडमा पल्टिँदा दुर्घटना भएको रेग्मीले बताए । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले ३२ वर्षीय बसचालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।