१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२९:oo

सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले बुधबार आयोजना गरेको कार्यक्रममा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले ताम्रपत्रसहित ५० हजार राशिको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार २०८०’ श्रेष्ठलाई प्रदान गरेका हुन् ।

सीमा र सुरक्षाका विषयमा गहन अध्ययन गर्दै राष्ट्रिय योगदान पुर्‍याएबापत श्रेष्ठलाई पुरस्कृत गरिएको स्मृति केन्द्रका अध्यक्ष ई. ईश्वरचन्द्र बानियाँले बताए । त्रिवि उपकुलपति बरालले सीमाविद् श्रेष्ठ कृतित्व, व्यक्तित्व र अस्तित्वको हिसाबले सही व्यक्ति चयन भएको भनाइ राखे ।

पुरस्कार ग्रहण गर्दै सीमाविद् श्रेष्ठले गोरखामा जन्मिएर इतिहास, ज्योतिषशास्त्र, तन्त्रशास्त्रका धुरन्धर व्यक्तित्व दण्डपाणि अर्ज्यालको नाममा स्थापित संस्थाबाट पुरस्कृत हुन पाउँदा गर्व महसुस गरेको बताए ।

उनले सीमाको विषयमा थप प्रकाश पार्दै भारतबाट सन् १९६२ देखि अतिक्रमित ३७२ वर्गकिलोमिटर नेपाली भूभाग लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रको नेपालसँग प्रमाण लालपुर्जा भएर पनि भोगचलन गर्न नपाएको विषय उजागर गरे ।

उनले नेपाल सरकारले चाहे कूटनीनिक माध्यमद्वारा अझै पनि वार्ता, छलफलमार्फत आफूसँग भएको प्रमाण देखाएर अतिक्रमित नेपाली जमिन फिर्ता ल्याउन सक्ने दाबी गरे ।

 

ad
ad