रसुवाको स्याफ्रुबेँसी बजारमा सुनचाँदी व्यापार गर्दै आएका झापाका राजकुमार दियालीको तीन सदस्यीय परिवार अझै सम्पर्कविहीन छ। १० भदौमा आएको भोटेकोशी बाढीपछि उनीहरू सम्पर्कमा नआएपछि आफन्तले खोजी गर्न आग्रह गरेका छन्।
झापाका दियालीले आफ्नी श्रीमती श्रृष्टिका दर्नाल र छोरा श्रीरज दियालीसहित स्याफ्रुबेँसीमा सनुचाँदी पसल चलाउँदै आएका थिए। तर, उनीहरू १० भदौयता आफन्त तथा परिवारको सम्पर्कमा छैनन्।