मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
तिवारी यादव वीरगन्ज
२o८३ भदौ १७ बुधबार १७:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनका गरगहना चोरेकाे आरोपमा वीरगन्जबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १७:४६:oo

वीरगन्जको एक घरको कोठाबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटाका २० वर्षीय अर्जुन यादव र उनका साथी २० वर्षीय ओमप्रकाश यादव रहेका छन्।

प्रहरीका अनुसार बाराको कोल्हबी नगरपालिका–१० घर भई हाल वीरगन्ज महानगरपालिका–१५ मा डेरा गरी बस्दै आएकी आरतीकुमारी चौधरीको कोठाबाट भदौ १४ गते चोरी भएको थियो।

उनीहरूले घरमा कोही नभएको समयमा कोठाको ढोकाको ताला फोडेर सुनचाँदीका गरगहना चोरी गरेको पर्सा प्रहरीका नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। घटनाको अनुसन्धानका क्रममा प्रहरीले यादवद्वयलाई पक्राउ गरेको हो। 

पक्राउ परेका दुवैजना चौधरी बस्दै आएको घरनजिकै डेरा लिएर बस्दै आएका थिए। उनीहरू दुवैजनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

उनीहरूविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।