वीरगन्ज महानगरपालिका– १५ भेडीहारीमा रहेकोे नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा प्रहरीले छापा मारेर दुईजनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले मेडिकल कलेजका प्रबन्ध–निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।
मेडिकल कलेजले म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेकाे गुनासो आएपछि दुईजनालाई नियन्त्रणमा लिएको ढुंगेलले बताए।