१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार o७:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आठौँ विराट गोल्डकप उपाधि मच्छिन्द्रलाई 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१२:oo

मच्छिन्द्र फुटबल क्लबले आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरमा सहिद रंगशालामा शनिबार भएको उपाधि भिडन्तमा घरेलु टिम सांग्रिला मोरङलाई २–० ले हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको हो । मच्छिन्द्रले सिजनमा तेस्रो उपाधि हात पारेको हो । यसअघि मच्छिन्द्रले केपी ओली कप र बागमती गोल्डकपको उपाधि उचालेको थियो ।

निर्धारित ९० मिनेटको प्रतिस्पर्धामा मच्छिन्द्र र मोरङले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि थप गरिएको ३० मिनेटमा मच्छिन्द्रले बाजी मारेको हो । अतिरिक्त समयको दोस्रो हाफको १०औँ मिनेटमा छिरिड गुरुङले हेडिङ गोल गरी मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । त्यसपछि युसुफ थपलियाले मच्छिन्द्रलाई २–० को जित पक्का पारे । पहिलोपटक फाइनल पुगेको मच्छिन्द्रले प्रतिस्पर्धात्मक खेलमा मोरङलाई हराएको हो । 

मच्छिन्द्रले ११ लाख र उपविजेता मोरडले पाँच लाख ५० हजार पाएका छन् । उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपानले २१ हजार रुपैयाँ जिते । उत्कृट गोलरक्षकमा मच्छिन्द्रकै विशाल श्रेष्ठ भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका महेन्द्र कार्की घोषित हुँदै मोटरसाइकल प्राप्त गरे । मोरङले उत्कृष्ट प्रदर्शन गरे पनि ए डिभिजन लिगकै अनुभवी क्लबविरुद्ध फिनिसिङ राम्रो बनाउन सकेन । मोरङले रक्षात्मक रणनीति अपनाएको थियो । थप गरिएको अतिरिक्त समयको दोस्रो हाफमा मोरङका खेलाडी सम्हालिएर खेल्न सकेनन् । मच्छिन्द्रले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । 

मोरङले इटहरी गोल्डकपको च्याम्पियन चर्च ब्वाइज युनाइटेड र पाहुना टोली भुटानको आरटिसी एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । मोरङले क्वार्टरफाइलनमा भुटानको आरटिसीलाई ३–० ले र सेमिफाइनलमा चर्च ब्वाइजलाई सडनडेथमा ४–३ ले हराएको थियो । मच्छिन्द्रले क्वार्टरफाइनलमा कोलकाताका साउथर्न समिति २–१ ले र सेमिफाइनलमा सिक्किम ड्रागन भारतलाई १–० ले निराश बनाएको थियो । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले विराट गोल्डकप जित्ने लक्ष्य पूरा भएको बताए । मोरङका प्रशिक्षक रानु रानामगरले अन्तिम समयमा टोली ‘अनलक्की’ भएको बताए । 

ad
ad