१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बैतडीको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बैतडी
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo

बैतडी-बझाङ जयपृथ्वी राजमार्गको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेकनजिक से.२त ३६७८ नम्बरको ट्याक्टर दुर्घटनामा परी चालक राजेश चौधरी र स्थानीय मानसिंह विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने मानसिंह विष्ट अन्रपूर्ण राष्ट्रिय दैनिकका बैतडी समाचारदाता र स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत पत्रकार कृष्ण विष्टका बुवा रहेको पाटन- ८ का वडाध्यक्ष हरिश विष्टले जानकारी दिए।

ट्याक्टर बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनाबारे स्थानिीयले शुक्रबार बिहान प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोडपेबाट प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

साँघुरो घुम्तीमा दुर्घटना भएको र ट्याक्टर सडकबाट  दुई सय मिटर तल खसेको प्रहरीले बताएको छ। मृतक दुवैजनाको शव सडकबाट ५० मिटर तल फेला परेकाे प्रहरी निरीक्षक जोशीले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ad
ad