१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विवाद बढेपछि इलाम र बझाङको उम्मेदवार टुंग्याउन कांग्रेस असफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१५:oo

कांग्रेसमा संस्थापन र इतर पक्षबीच विवाद बढेपछि इलाम र बझाङको उम्मेदवार चयन गर्ने दुई दिनदेखिको प्रयास असफल भएको छ । संसदीय बोर्डको बुधबारको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम २ मा डम्बरबहादुर खड्काको नाम प्रस्ताव गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्षले अस्वीकार गरेपछि उम्मेदवार चयन गर्ने प्रयास असफल भएको हो ।

छलफलका लागि पुनः बिहीबार बैठक राखिएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आकांक्षी सबैलाई बोलाएर छलफल गर्न समय अपुग भएकाले बिहीबार पुनः छलफल गर्ने गरी बैठक राखिएको बताए । ‘हामी बिहीबार उम्मेदवार टुंग्याउँछौँ,’ उनले भने, ‘नाम प्रस्ताव भएर छलफल लगभग अन्त्यतिर पुगे पनि आकांक्षी साथीहरूसँग पनि छलफल गर्नुपर्ने भएकाले अलिकति समय लम्बिएको मात्र हो ।’ एमाले, रास्वपा र राप्रपाले उम्मेदवार टुंग्याएर चुनावी प्रचार थालिसक्दा पनि कांग्रेसले उम्मेदवार चयन गर्नसकेको छैन । २४ चैतमा उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका छ । 

सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग पराजित खड्काको पक्षमा छन् । तर, महामन्त्री थापा, शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेता शेखर कोइराला भेषराज आचार्यलाई टिकट दिनुपर्ने पक्षमा उभिएका छन् । नेता शेखर कोइराला र शशांक कोइराला पनि आचार्यकै पक्षमा उभिएपछि देउवा दबाबमा परेका छन् । इतर पक्षले कुरै नसुनी, वस्तुस्थिति नबुझी एकलौटी निर्णय लिने हो भने जितहारको जस–अपजस लिन चुनौती दिँदै आएका छन् । इलामकै उम्मेदवार नटुंगिएकाले बझाङका विषयमा थप छलफल नै अगाडि नबढेको एक नेताले बताए । 

इलामबाट डम्बर खड्का, नगेन्द्र कुमाल, केशव थापा, भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो ।

ad
ad