१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘जे थर्टी–थ्री’को नाटकीय मञ्चन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३९:oo

कुमार नगरकोटीको नयाँ ग्राफिक उपन्यास ‘जे थर्टी–थ्री’ मा आधारित रहेर काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शनिबार नाटक मञ्चन गरिएको छ । नाटकले दर्शकलाई वैकल्पिक संसारमा पुर्‍यायो, जहाँ जंगबहादुर राणा अझै पनि काठमाडौं सहरमुनिको काल्पनिक सहर वल्र्ड हेरिटेज प्लाजामा जीवित छन् ।

हरेक वर्ष जंगबहादुर राणाका अंगरक्षक नयाँ ग्रेगोरियन क्यालेन्डर किन्न काठमाडौं आउने गर्छन् । यो उपन्यास लेख्नका लागि लामो समय लागेको नगरकोटीले बताए ।

‘नेपाली साहित्यमा ग्राफिक नोभलको पनि परिचय दिनुपर्छ भन्ने मलाई सधैँ लाग्थ्यो । त्यसैले ‘जे थर्टी–थ्री’ लेख्न थालेँ,’ उनले भने । आफूले प्रायः लेख्ने सर्रियल फ्यान्टासी विधालाई यसमा निरन्तरता दिएको उनले जनाए । 

ad
ad