१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

विराट गोल्डकप : पहिलो क्वार्टरफाइनलमा आज भुटान र सांग्रिला मोरङ भिड्ने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४१:oo

आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिन शनिबार पहिलो क्वार्टरफाइनलमा पाहुना टिम भुटान र घरेलु टिम सांग्रिला मोरङ भिड्दै छन्।

भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) र घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लबबीचको भिडन्त विराटनगरस्थित सहिद रंगशालामा आज साँझ ६ बजे सुरु हुनेछ।

विभागीय टिम नेपाल पुलिस क्बललाई उद्घाटन खेलमा ३–० गोलले हराउँदै भुटान  क्वार्टरफाइनलमा आइपुगेको हो। सांग्रिला क्लब भने बाई पाएर सोझै क्वार्टरफाइनलमा आएको हो।

घरेलु टिम भए पनि सांग्रिला क्लबमा राष्ट्रिय खेलाडीहरूसमेत सहभागी छन्। यता भुटानले पनि नेपालको चर्चित टिम नेपाल पुलिसलाई पराजित गरिसकेकाले आजको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ।

प्रतियोगितामा तीन विदेशी टिमसहित स्वदेशी ‘ए’ डिभिजनका गरी १० टिमको सहभागिता छ। गोल्डकप बिजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले जनाएको छ।

ad
ad