१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मन्त्रालयले क्रिकेट र फुटबलसँग विवरण माग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:१८:oo

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान)सँग तीन वर्षको वर्षको गतिविधिसँग सम्बन्धित विवरण माग गरेको छ । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत क्यान र एन्फाको विवरण माग गरेको हो ।

क्रिकेट र फुटबलको विकासका लागि रणनीति बनाउन विवरण मागिएको मन्त्रालयका शाखा अधिकृत लालप्रसाद पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सो खेलहरूको थप विकासका लागि योजना, नीति तथा रणनीति तयार गर्ने सन्दर्भमा त्यस खेलसम्बद्ध संघहरूको कामकारबाही एवं क्रियाकलापसँग सम्बन्धित विवरण तथा कागजातको प्रमाणित प्रतिलिपि यथाशीघ्र उपलब्ध गराउन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले संघको स्वीकृत विधान, पदाधिकारीको विवरण, कर्मचारीको विवरण, तीन वर्षको प्रगति प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन, भौतिक पूर्वाधार उपकरणको विवरण, खेल विकासका लागि प्रदेश र स्थानीय तहसम्मका सञ्जाल तथा गतिविधिलगायत विभिन्न विवरण मागेको छ । क्रिकेट र फुटबलसम्बन्धी १०–१२ वटा विवरण माग गरिएको छ । यसैगरी, मन्त्रालयले विगत तीन वर्षमा क्यानले टेन्डरविनै गरेका गतिविधिको सम्पूर्ण जानकारी, प्रायोजकसँगको आर्थिक लेनदेन र खेलाडीबाहेक विदेश भ्रमण गएका पदाधिकारीको विवरणसमेत माग गरेको छ । 

ad
ad