१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलको इन्डिया रोमिङ प्याकमा होली छुट अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५३:oo

एनसेलले फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा इन्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुट दिएको छ । ९ चैतबाट सञ्चालनमा आएको यो छुट योजनामा करसहित सय रुपैयाँ पर्ने इन्डिया रोमिङ प्याक अब मात्र ७५ रुपैयाँमा सुचारु गर्न सक्छन् ।   

होली पर्वको अवसरमा एनसेलले विशेष सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधिको प्रयोगमार्फत कसरी बुबाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ । सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुबाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महŒवपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ ।

यो प्याक सुचारु गरेपछि प्रतिदिन २५ रुपैयाँका दरले तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ । यति मात्र नभई प्याकका साथ ग्राहकले तत्काल पाँच सय एमबी डेटा पाउँछन्, जसले सामाजिक सञ्जाललगायतका माध्यममार्फत सम्पर्कमा रहिरहन मद्दत गर्छ । साथै, भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँछन् । 

यो प्याकमा इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयुगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । यसको मतलब ग्राहकले करसहित मात्र १६.४८ रुपैयाँ प्रतिमिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै, पेएजयुगोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र करसहित ६.३४ रुपैयाँमा एसएमएस पठाउन सकिन्छ ।

यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तैः वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदिबाट बारम्बार भारत भ्रमण गर्ने स्थानीयवासी, साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकलाई लाभ हुने कम्पनीको भनाइ छ ।   

ad
ad