१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल आज बहराइनसँग खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o७:oo

फिफा विश्वकप २०२६ अन्तर्गत दोस्रो चरणको खेलमा आज (बिहीबार) नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । नेपालको फुटबल इतिहासमा बहराइन नयाँ प्रतिद्वन्द्वी हो । फिफाको तालिकाअनुसार यो खेल दशरथ रंगशालामा हुनुपर्ने थियो । तर, रंगशालाको मैदान जीर्ण भएको रिपोर्ट एएफसीका पदाधिकारीले बुझाएपछि नेपाल र बहराइनबीच खेल अन्य भेन्युमा सारिएको हो । बहराइनकै प्रस्तावमा एन्फाले ‘होम म्याच’ बहराइनमै गर्न तयार भएको हो । 

नेपाली टोली बहराइन पुग्नुअघि नै आन्तरिक विवादमा मुछेको थियो । बहराइनविरुद्ध खेल्ने नेपाली टोलीमा आयुष घलानसँगै गोलरक्षक दीप कार्की, रक्षक रोहित चन्द, मिडफिल्डर एरिक विष्ट, सुरजजिउ ठकुरीजस्ता खेलाडी छैनन् । उनीहरूलाई राष्ट्रिय टोलीका प्रशिक्षक भिसेन्जोले बोलाए पनि बहराइन गएनन् । 

गोलरक्षक किरणकुमार लिम्बूको कप्तानीमा नेपालले आफूभन्दा ९३औँ स्थान माथिको टोलीसँग खेल्दै छ । बहराइन फिफा वरीयताको ८२ र नेपाल १७५औँ स्थानमा छ । विश्वकप छनोट तथा एसियन कप २०२७ छनोट समूह ‘एच’मा खेलिएको दुवै खेलमा नेपाल पराजित भएको छ । बहराइनले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । समूहमा दुई खेलमा युएईले दुई खेल जितेको छ । समान ३ अंकका साथ बहराइन र यमन दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल भने लगातार दुई खेलमा पराजित भइसकेको छ । 

ad
ad