१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ७ बुधबार १७:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते 

Read Time : < 1 मिनेट
२०८० चैत ७ बुधबार १७:२५:००

पूर्वी नवलपरासीमा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका- ११ कोटथर गरगरेस्थित भित्री सडक खण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग. प्र. ०४–००१ ह ००४ नम्बरको अटो नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनामा मध्यविन्दु- १२ निवासी ७० वर्षीय भूपलाल अर्यालको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो।

त्यसैगरी, दुर्घटनामा परी मध्यविन्दु- १० निवासी ७६ वर्षीय टीकादेवी काफ्ले, मध्यविन्दु- १२ निवासी ७० वर्षीय तोयनाथ पोख्रेल घाइते भएका छन्। उनीहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। अटोचालक प्रहरी निणन्त्रणमा छन्। निधन भएका अर्याल एमाले नवलपुरका जिल्ला कमिटी सदस्य हुन्।