Skip This
एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ६ मंगलबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o चैत ६ मंगलबार १४:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o चैत ६ मंगलबार १४:१७:oo

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन भएकी छिन्। बिहीबारदेखि सुरु भएको एमाले कञ्चनपुरको नवाैँ अधिवेशनबाट अध्यक्षमा बुढा चयन भएकी हुन्। 

अधिवेशन उद्घाटनलगत्तै बन्दसत्रमा सहमति हुन नसकेपछि चुनावी प्रक्रियामा गएको एमाले कञ्चनपुर अन्तत: सहमतिकै आधारमा टुंगो लगाइएको छ। 

यसअघि  आठाैँ अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी बुढा कावा अध्यक्ष हुँदै अहिले सुदूरपश्चिम प्रदेश एमाले नाैवटै जिल्लामध्ये पहिलो महिला नेतृत्वमा पुगेकी हुन्। उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट, उपसचिवद्वय अशोक चन्द, राजीव खडका चयन भएका छन्। 

सचिवमा चयन भएका भट्ट यसअघि आठाैँ जिल्ला अधिवेशनमा निर्वाचित भएका थिए। अध्यक्षमै देखिएका अशोककुमार चन्दलाई नेताहरूले उपसचिव बस्न दबाब दिएपछि उनी उपसचिवमा चित्त बुझाउन बाध्य भएका छन्। 

एमाले कञ्चनपुरको सचिवमा चयन भएका पल्लवराज भट्टले पदाधिकारीको टुंगो लागेसँगै जिल्ला सदस्यहरूको समेत टुंगो अन्तिम चरणमा पुगेको बताए। ‘हामीले जसरी पदाधिकारी एक–आपसमा समझदारीमा टुंगो लगायौँ, त्यसरी नै सदस्यहरूको समेत टुंगो लगाउन जुटेका छौँ,’ उनले भने, ‘आज दिउँसोसम्ममा सदस्यसहित टुंगो लगाएर घोषणा गर्छौँ।’

एमाले नवाैँ जिल्ला अधिवेशन उद्घाटनमा पार्टी अध्यक्ष केपी ओली आए अनि पाँच दिनपछि पदाधिकारीको टुंगो लाग्दासमेत पाटी अध्यक्ष ओली नै आएर चयन भएका पदाधिकारीलाई शपथ ग्रहण गराएका छन्। 

सहमतिमा पदाधिकारी टुंगो लगाए पनि केही पदाधिकारी र सदस्यमा देखिएका नेता–कार्यकर्ताले असन्तुष्टि जनाउँदै सोमबार पार्टी कार्यालयमा तालाबन्दीदेखि धर्ना गरेका थिए। 

चार सय ६४ जिल्ला अधिवेशन प्रतिनिधिको भावनाविपरीत आफूअनुकूल माथिबाटै पदाधिकारी छान्ने काम भएको भन्दै असन्तुष्टि जनाउँदै तालाबन्दीदेखि धर्नामा बसेका थिए। 

झन्डै तीन दशकदेखि एमाले राजनीतिमा सक्रिय रहेकी महिला नेतृ लक्ष्मी बुढाले पार्टीले दिएको जिम्मेवारीअनुरूप कञ्चनपुरमा पार्टीलाई एकढिक्कादेखि सक्रिय बनाउँदै जनपक्षीय काममा नेता–कार्यकर्ता खटाउने प्रतिबद्धता जाहेर गरेकी छिन्।