१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गुह्येश्वरी मर्चेन्ट बैंकिङको वित्तीय साक्षरता तथा स्टेसनरी वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१o:oo

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले लमजुङको मध्यनेपाल नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । फाइनान्सले नगरपालिकाको समिभञ्ज्याङका स्थानीय बासिन्दा तथा सम्झना माध्यमिक विद्यालयका अभिभावक, शिक्षक तथा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले सहजीकरण गर्दै आम्दानीको केही प्रतिशत रकम भविष्यमा आइपर्न सक्ने वित्तीय जोखिम बहन गर्न बचत गर्नुपर्ने तथा कर्जा रकम समयमा नै भुक्तानी गर्नुपर्ने कुरालाई जोड दिएको जनाइएको छ ।

फाइनान्सले सम्झना माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेसनरी सामग्रीसमेत वितरण गरेको जनाएको छ । स्टेसनरी सामग्री वितरण गर्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अधिकारीले संस्थाले गरेको सहयोगले विद्यार्थी तथा अभिभावक लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । 

ad
ad