१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १३:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा कांग्रेसका उम्मेदवार शर्मा पराजित

शर्माको पक्षमा १७, विपक्षमा ३९ मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १३:०६:००

राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदका उम्मेदवार युवराज शर्मा पराजित भएका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानमा कांग्रेस उम्मेदवार शर्मा पराजित भएका हुन् । 

बैठकमा ५६ सांसद उपस्थित रहेकोमा शर्माको पक्षमा १७ मत परेको थियो भने विपक्षमा ३९ मत पर्‍याे । 

बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।