Skip This
ad
मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १२:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:५१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजपीडितहरूका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएका सवालको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

‘मिटरब्याजपीडितका समस्या समाधान गर्न गत चैत २० गते उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको सदनलाई अवगत नै छ । आयोगले आठमहिने कार्यकालमा देशभरबाट आठ हजार उजुरी संकलन गरेको र पाँच हजर फर्स्याेट गरेको जानकारी गराउँदछु,’ प्रधानमन्त्रीले भने, ‘बाँकीका लागि मन्त्रिपरिषदबाट नयाँ कार्यविधि स्वीकृति गरिएको छ । सरकार समस्या समाधानका लागि क्रियाशील छ ।’

प्रधानमन्त्रीले १६ फागुनसम्ममा दुई हजार नौ सय ८४ उजुरी आपसी मेलमिलापबाट फर्स्याेट भएको जानकारी दिँदै उनले मेलमिलाप हुन नसके प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दर्ता गर्ने व्यवस्था गरिएको बताए । 

प्रधानमन्त्रीले अहिले आन्दोलनमा रहेका पीडितहरूसँग गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित वार्ता टोलीले संवाद गरिरहेको भन्दै छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।

ad
ad