१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई हप्ताको अवधिमा ४१ फरार प्रतिवादी पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२७:oo

सिराहा प्रहरीले विभिन्न मुद्दाका प्रतिवादी भई फरार रहँदै आएका ४१ जनालाई पक्राउ गरिएको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार २१ फागुनसम्म दुई हप्ताको अवधिमा  विभिन्न मुद्दाका फरार ४१ प्रतिवादी पक्राउ गरी पाँच वर्ष पाँच महिना कैदसहित २६ जनाको मृत्यु भई लगत कट्टा गरिएको जनाएको छ। 

‘पछिल्लो दुई हप्ताको अवधिमा बढीमा ५० हजार  र घटीमा २५ रुपैयाँ गरी एक लाख २६ हजार एक सय ९३ रुपैयाँ जरिवाना असुल गरिएको छ,’ सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले भने। 

उनका अनुसार अनुचित लेनदेनसम्बन्धी दर्ता भएका तीन हजार आठ सय ४२ उजुरीमध्ये जिल्ला प्रहरीमा तीन हजार तीन सय ७७ प्राप्त भएपछि ८५ वटामा छलफल, १२ वटा सहमति र सातवटामा मिलापत्र भएको छ। त्यस्तै, राजस्व चोरी छलीमा तीनजना मानिससहित एक-एक थान मोटरसाइकल र स्कुटर नियन्त्रण र २३ लाख पाँच हजार सात सय ५० रुपैयाँ राजस्व संकलन भएको उनले बताए। 

उक्त अवधिमा जबर्जस्ती करणी मुद्दामा फरार रहेका एकजना पक्राउसहित एउटा कर्तव्य ज्यान (अभद्र व्यवहार मुद्दाबाट कर्तव्य ज्यान मुद्दामा परिणत) सम्बन्धी मुद्दा दर्ता गरी एकजनालाई पक्राउ गरी अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रतिबन्धित लागुऔषधसम्बन्धी तीनवटा मुद्दा दर्तासहित पाँचजना मानिस पक्राउ गरिएको छ। 

सवारी नियम उल्लंघन, १४ लाख बढी राजस्व

प्रहरीका अनुसार जिल्ला ट्राफिक प्रहरी र मातहतमा प्रहरी युनिटबाट पूर्व-पश्चिम लोकमार्ग र भित्री सहायक सडकमा गरिएको सवारीसाधन चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने एक हजार आठ सय ५७ सवारीसाधनलाई कारबाही गरी १४ लाख ६६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको छ।

त्यस्तै, अवैध रूपले बालुवा, गिटी-नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएका पाँच थान सवारीसाधन नियन्त्रणमा लिई ५० हजार रुपैयाँ राजस्व संकलन, दुई थान भरुवा बन्दुक बरामद तथा १४ थान झ्यालको चौखट बरामद गरी ५० हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ। 
 

ad
ad