१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बागलुङ–पर्वत जोड्ने पुल सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:o२:oo

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८, ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो । 

लामा र अग्ला झोलुंगे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण भइसकेको छ । सात करोड लागतमा उक्त झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए । 

‘पुलबाट वारिपारि गर्न थालेको चार दिन भयो । निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन भने भएको छैन,’ उनले भने, ‘पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ । यसअघि यहाँका नागरिक आउजाउ गर्न एक–डेढ घण्टा लाग्नेमा अब १० मिनेट लाग्नेछ ।’

ad
ad