१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २३ बुधबार
  • Friday, 05 July, 2024
२o८o फाल्गुण २३ बुधबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

स्वदेशी महले पाएन बजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २३ बुधबार ११:५१:oo

जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन्। चालू आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालक किसान पलायन भएका हुन्।

नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गत आवमा १६ हजार पाँच सय किसान मौरीपालन व्यवसायमा रहेकामा यस वर्ष घटेर १३ हजार आठ सयमा झरेका छन्। कतिपय किसान बिदेसिएका छन् भने कतिपयले व्यवसाय परिवर्तन गरेको उनले जानकारी दिए।

चरनको अभाव र विदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको उनले बताए। विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादि हालिदिने, चोरी हुने र स्थानीय तहहरूले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै आनाकानी गर्ने गरेकाले समेत किसान पलायन हुँदै गएको उनको भनाइ छ। 

नेपालमा वार्षिक चार हजार दुई सयदेखि चार हजार पाँच सय मेट्रिक टनसम्म मह उत्पादन हुँदै आएको छ। गत वर्षको एक हजार पाँच सय मेट्रिक टन मह अझै बिक्री हुन सकेको छैन। 

आयातित महलाई सामान्य भन्सारको व्यवस्था भए नेपाली महले बजार पाउन सक्ने उनले बताए। आफूहरूले उपभोक्ता र सरकारलाई बुझाउन नसक्दा समस्या बढ्दै गएको उनले गुनासो गरे। मौरीपालन गर्दै आएका किसानले महले बजार नपाएपछि आन्दोलनको तयारी गर्न थालेको उनले जानकारी दिए। महासंघले चरणबद्ध आन्दोलन गर्ने भन्दै किसानसँग सल्लाह गरेको बताए। 

नेपालमा दुई जातका मौरी पालिँदै आइएको छ। एक लाख ६० हजार घार मेरिफेरा र एक लाख ७० हजार सेरेना मौरी पालिँदै आइएको अध्यक्ष घिमिरेले बताए। 

ad
ad
ad
ad