मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २१ सोमबार १२:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा नयाँ सञ्चालक समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १२:o४:oo

आइजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको २६औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाले आगामी चार वर्षका लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिबडेवाल तथा सर्वसाधारण समूहबाट राजेन्द्रसिंह भण्डारी र अमित अग्रवाललाई निर्विरोध सञ्चालक पदमा निर्वाचित गरेको जनाइएको छ ।

साधारणसभामा अध्यक्ष हेमराज ढकालले नेपाली बिमा बजारमा छुट्टै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए । ०८० साल वैशाख २७ गतेबाट साबिक आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड बिमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न सफल भएको अध्यक्ष ढकालले जानकारी दिए । 

देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाइराख्न ठूला–ठूला मेगा प्रोजेक्टहरूको स्थापना हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले नेपालमा विकास निर्माणका लागि सडक, जलविद्युत्, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेको बताए । यसका लागि सरकारले उच्च प्राथमिकताका साथ लगानीमैत्री वातावरण बनाउनुपर्ने उनको 
भनाइ थियो । 

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष ढकालले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको जनाइएको छ ।