१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २० आइतबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेल र इएन्ड इन्टरनेसनलबीच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २० आइतबार ०६:१६:००

एनसेलले इएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधि सञ्चालन गर्न र मुख्य सेवा–सुविधा तथा प्लेटफर्म उपलब्ध गराउन समझदारी गरिएको एनसेलले जनाएको छ । यो सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र इएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका छन् । इएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने इएन्ड ग्रुपको एक अंश हो ।

समझदारीपत्रअनुसार दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सिभिएम) र एड्भान्स्ड एनालिटिक्स, बिटुसी र बिटुबी सेल्स एन्ड मार्केटिङलगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्नेछन् । ‘यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्वपूर्ण उपलब्धि हो । यो साझेदारी नेपालको डिजिटल विकासमा योगदान पुर्‍याएर डिजिटल रूपान्तरणलाई गति दिने हाम्रो प्रतिबद्धताअनुरूप छ,’ सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । 

इएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणको लाभ दिलाउने नयाँ अध्याय भएको बताए ।  

यसैगरी, सामझदारीअन्तर्गत एनसेलले इएन्ड इन्टरनेसनलको सहयोगमा डिजिटल र परम्परागत माध्यमको सदुपयोग गर्दै रियल टाइम र कन्टेक्सचुअल मार्केटिङ गर्ने, मेसिन लर्निङ र एआई मोडलहरूको बृहत्तर उपयोग गर्दै उत्कृष्ट एनालिटिक्स कार्यान्वयन गर्ने र बिग डेटा स्रोतको प्रयोगमार्फत सान्दर्भिक र पर्सनलाइज्ड अफर ल्याउनेछ ।