१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

१२औँ ओभरमा नेपाललाई दोहोरो झड्का, अर्धशतक बनाएलगत्तै कप्तान रोहित पनि आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२३:oo

नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई १२औँ ओभरमा दोहोरो झड्का लागेको छ । 

कप्तान रोहितकुमार पौडेल र विस्फोटक ब्याटर कुशल मल्ललाई नेपालले यही ओभरमा गुमाएको छ । १२औँ ओभरको दोस्रो बलमा साइब्रान्ड एंगलब्रेक्टको बलमा कुशल आउट भएका थिए । सात बलमा ११ रन बनाएका कुशललाई तेजा निदामानुरूले क्याच गरेका थिए । 

सोही ओभरको अन्तिम बलमा कप्तान रोहित पनि आउट भए । उनी अर्धशतक बनाएलगत्तै पेभेलियन फर्किएका हुन् । ३५ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ५० रन पूरा गरेपछि अर्को बल खेल्ने क्रममा उनी विकेटकिपर स्कट एडवार्ड्सको हातबाट क्याचआउट भए । 

बलर एंगलब्रेक्टले एलबिडब्लूको अपिल गरे पनि उनलाई अम्पायरले क्याचआउट करार दिए । यी दुवै आउट हुँदा नेपालले १२ ओभरको समाप्तिमा एक सय रन पूरा गरेको छ । 
 

ad
ad