त्रिदेशीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । नेदरल्यान्ड्सले सुरुवाती ब्याटिङ गर्नेछ ।
पहिलो खेलमा नामिबियाविरुद्ध खेलेका अभिनाश बोहरा र विवेक यादव बाहिर रहँदा प्रतिश जिसी र ललितनारायण राजवंशी टोलीमा छन् ।