Skip This
फोनपेको ‘सक्षम नारी’ अभियान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १६ बुधबार o६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फोनपेको ‘सक्षम नारी’ अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार o६:o७:oo

 भुक्तानी नेटवर्क फोनपेले महिलाका लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सक्षम नारी’ नामक अभियान सुरु गरेको छ । कम्पनीले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । 

आर्थिक वृद्धि र समृद्धिका लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने उद्देश्यले २८ फागुनसम्मका लागि अभियान सुरु गरेको जनाइएको छ । अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपमार्फत अभियान अवधिभर क्युआर, फोनपे डाइरेक्ट र फोनपे बिल प्रयोग गरी कम्तीमा तीनवटा कारोबार गर्नुपर्ने सर्त राखिएको छ ।

नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमन्डबाट उत्कृष्ट हीरा सेट पाउने तथा सानिमा बैंक र नबिल बैंकका एक सय महिला प्रयोगकर्ताले एक हजार रुपैयाँको टप–अप जित्ने जनाइएको छ । 

फोनपेका चिफ स्ट्राटेजी अफिसर सुबोध शर्माले सक्षम नारी अन्य नियमित अभियानभन्दा फरक भएको र यसले महिलामा प्रविधि अपनाउन प्रोत्साहित गर्ने बताए । डिजिटल माध्यमबाट महिलामाझ भुक्तानीको प्रयोग कम भएको देखिएको र यो अभियानमार्फत यसको स्वरूप परिवर्तन गर्न खोजेको उनको भनाइ थियो ।