
नामिबियाका देब्रेहाते ब्याटर जान निकोल लोफ्ट इटनले टी–२० मा नयाँ विश्वकीर्तिमान राखेका छन् ।
३३ बलमै शतक प्रहार गरेर उनले सबैभन्दा चाँडो शतक प्रहार गर्ने नयाँ विश्वकीर्तिमान बनाएका हुन् । यसअघि यो रेकर्ड नेपाली देब्रेहाते ब्याटर कुशल मल्लको नाममा थियो ।
कुशलले सन् २०२३ मा एसिया कपमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर विश्वकीर्तिमान राखेका थिए । तर, इटनले आज नेपालविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कुशलको रेकर्ड तोडे ।
उनको विस्फोटक ब्याटिङको मद्दतले नामिबियाले २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनायो । नामिबियाले टी–२० मा बनाएको यो तेस्रो ठूलो स्कोर हो ।
नेपाली सबै बलरविरुद्ध निर्मम प्रहार गरेका इटनले ३६ बल खेलेर एक सय एक रन बनाए । उनले आठ छक्का र ११ चौका प्रहार गरे ।