Skip This
१८ बलमै ५० रन बनाएका इटन शतकतर्फ लम्किँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Saturday, 27 July, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १५ मंगलबार १२:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१८ बलमै ५० रन बनाएका इटन शतकतर्फ लम्किँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार १२:५१:oo

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा टस जितेर नेपालविरुद्ध ब्याटिङ रोजेको नामिबियाले सो निर्णयलाई सही साबित गरेको छ । 

सो निर्णय सही साबित गराउने क्रममा मध्यक्रमका ब्याटर जान निकोल लोफ्ट इटनले सबैभन्दा ठूलो योगदान दिएका छन् । विस्फोटक ब्याटिङ गरेका इटनले १८ बलमै ५० रन पूरा गरेका छन् । उनले चार छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक प्रहार गरेका हुन् । टी–२० मा यो उनको पहिलो अर्धशतक हो । ३३औँ इनिङमा उनले पहिलो अर्धशतक बनाए । 

१०.४ ओभरमा नामिबियाले ६२ रन बनाएको अवस्थामा कप्तान रोहितकुमार पौडेलले आफ्नो दोस्रो सफलताका रूपमा जान फ्रिलिंकलाई आउट गरेपछि इटन क्रिजमा आएका थिए । तर, सुरुदेखि नै उनले नेपाली बलरको सातो उडाए ।

ताजा अवस्थामा नामिबियाले १७.२ ओभरमा तीन विकेट गुमाएर एक सय ७५ रन बनाइसकेको छ । इटन २७ बलमा ८३ रन बनाएर खेलिरहेका छन् । उनले सबै नेपाली बलरविरुद्ध निर्मम प्रहार गरेका छन् ।