कप्तान रोहितले दिलाए सफलता, नामिबियालाई दोस्रो झड्का

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण
कप्तान रोहितले दिलाए सफलता, नामिबियालाई दोस्रो झड्का

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका ।

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरिरहेको नामिबियाले दोस्रो विकेट गुमाएको छ । 

८.२ ओभरमा ४९ रनको अवस्थामा नामिबियाले दोस्रो क्षति व्यहोरेको हो । माथिल्लो क्रमका ब्याटर जेपी कोजीलाई नौ बलमा ११ रन बनाएको अवस्थामा कप्तान रोहितकुमार पौडेलले आउट गराए । 

बाउन्ड्री लाइनमा उत्कृष्ट फ्लाइङ क्याच लिँदै विवेककुमार यादवले देब्रेहाते ब्याटर कोजीलाई पेभेलियन पठाए ।  

सुझावित समाचार