चिनियाँ दार्शनिक कन्फ्युसियसले प्राचीन समयमा व्यक्त गरेका विचार आजको दुनियाँमा पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । धेरै मानिस कन्फ्युसियसको सोचबाट प्रभावित छन् । उनका केही विश्वचर्चित दर्शन यस्ता छन् ।
- हरेकसँग सुन्दरता हुन्छ, तर सबैले देख्दैन ।
- तपाईं कति ढिला हिँड्नुहुन्छ भन्नेले त्यति अर्थ राख्दैन, जबसम्म तपाईं रोकिनुहुन्न ।
- लक्ष्यमा पुग्न सकिँदैन भन्ने स्पष्ट हुँदा लक्ष्य समायोजन नगर्नुस्, बरु तपाईंले चालेका कदमलाई विचार गर्नुस् ।
- सही मार्गमा लागेर पनि त्यसलाई अधुरो छोड्नु साहसको कमी हो ।
- बाटोहरू यात्राका लागि खनिएका हुन्, गन्तव्यका लागि होइन ।
- तीन कुरा लुक्दैन : सूर्य, चन्द्र र सत्य ।
- मौनता सच्चा साथी हो, यसले कहिल्यै धोका दिँदैन ।
- प्रश्न सोध्ने मानिस एकैछिन मूर्ख हुन सक्छ, तर प्रश्न नसोध्ने मानिस सधैँको मूर्ख बन्छ ।
- ज्ञानले आत्मविश्वास, आत्मविश्वासले आशा र आशाले शान्ति जन्माउँछ ।
- प्रकृतिले मानिसहरू उस्तै–उस्तै छन् । व्यवहारले उनीहरूलाई फरक बनाउँछ ।
- मनपर्ने काम गर्नुस् । जीवनमा कुनै पनि दिन काम गरेजस्तो हुँदैन ।