१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमईको बिमा फिचर ‘स्मार्ट हेल्थ : सुरक्षित भव:’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२९:oo

आइएमई पेले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ : सुरक्षित भवः’ नामक नयाँ बिमा सुविधा सार्वजनिक गरेको छ । 

आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमाअन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक या मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

तीन सय ६५ रुपैयाँ प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारका क्रममा लाग्ने दुई लाख ३० हजार रुपैयाँसम्मको बिमा दाबी प्राप्त गर्न सकिनेछ । त्यस्तै, आइएमई पेमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

यस व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी अक्षमता, कुल आंशिक अक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सामा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चसमेत समेटेको बताइएको छ । डिजिटल फाइनान्सियल सर्भिसमार्फत बिमाको दायरालालई थप फराकिलो बनाउन सकिने यो सेवा कोसेढुंगा सावित हुने विश्वास आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

ad
ad