१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५६:oo

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

आज बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रिय सभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुनलगायत समसामयिक विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपतिले अध्यक्ष तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि धन्यवाद दिँदै उनको सुख, शान्ति, दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रस्ताव गरिएका महत्त्वपूर्ण विधेयक र कानुन यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउन सबै पक्षबाट सकारात्मक प्रयास हुन जरुरी भएको बताए। यनको कार्यकाल यही फागुन २० गते पूरा हुँदै छ।     

 
 

ad
ad