१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपतिमा प्राडा केशरजंग बराल
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नवनियुक्त उपकुलपति बराल भन्छन्– त्रिविको शैक्षिक सत्रलाई ट्रयाकमा ल्याउँछु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५५:oo

अन्तर्वार्ता

तपाईंसँग त्रिभुवन विश्वविद्यालय सुधार्ने योजना के–के छन् ? 
मुख्यतः मैले तीनवटा विषयलाई प्राथमिकतामा राखेको छु । जसमा त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउने, परीक्षाफल समयमा प्रकाशन गर्ने र पाठ्यक्रम अद्यावधिक गर्ने । त्रिविको सबैभन्दा ठूलो समस्या भनेको शैक्षिक क्यालेन्डर हो । यो क्यालेन्डर सच्चियो भने त्रिवि आधाजसो सुध्रिन्छ । अब त्रिविको क्यालेन्डर ट्रयाककमा आउँछ ।

यसअघिका उपकुलपतिहरूले पनि नियुक्त हुँदा यही एजेन्डा उठान गरेका थिए, तर क्यालेन्डर सच्याउन सकेनन्, तपाईंले सुधार्नुहुन्छ भन्ने के आधार छ ? 
त्रिविको क्यालेन्डर सुधार गर्न उपकुलपतिलाई सबैले सहयोग गर्नुपर्छ । क्यालेन्डर सुध्रियो भने मात्रै त्रिवि सुध्रिन्छ । जस्तोसुकै अवस्था आए पनि म क्यालेन्डर सच्याउनतिर लाग्छु । त्रिविको समस्या भनेको क्यालेन्डर पनि हो । 

त्रिविमा विद्यार्थीको आकर्षण घट्दो छ, पठनपाठन पनि खस्कँदो छ, कसरी सुधार गर्नुहुन्छ ? 
मेरो विचारमा त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउने हो भने विद्यार्थी आकर्षण बढ्छ । अहिले त्रिविमा विद्यार्थीले खेपेको मुख्य समस्या भनेको परीक्षाफल समयमा प्रकाशन नहुनु पनि हो । चारवर्षे कार्यक्रमलाई ६ वर्षसम्म लगाइएको छ । यसो गर्दा विद्यार्थीको भविष्य अन्योलमा परेको छ । त्यसकारण क्यालेन्डर मात्रै सुधार गर्न सकियो भने विद्यार्थीको आकर्षण बढ्न सक्छ ।

ad
ad