१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल वेस्टर्न ओपन पहिलो दिन भुवनलाई अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o२:oo

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन एक स्ट्रोकको अग्रता लिएका छन् । पोखराको पार–६९ को हिमालयन गल्फ क्लबमा‌ नेपालका पूर्व नम्बर एक प्रोफेसनल गल्फर भुवन तीन अन्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन् ।

एमेच्योर खेलाडी सद्भाव आचार्य दुई अन्डर ६७ स्कोरमा खेल सकाउँदै दोस्रो स्थानमा छ । रवि खड्का र निरज तामाङले इभन पार ६९ स्कोरका साथ संयुक्त रूपमा तेस्रो स्थानमा छन् । एक ओभर ७० स्कोरसहित धनबहादुर थापा पाँचाैँ स्थानमा रहे । दीपक आचार्य र टंकबहादुर कार्की दुई ओभर ७१ सहित संयुक्त रूपमा छैटौँ स्थानमा रहेका छन् । बलभद्र राई, भुवनकुमार‌ रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राईले तीन ओभर ७२ को‌ स्कोर बनाउँदै संयुक्त रूपमा आठौँ स्थानमाथि कब्जा जमाए । शीर्ष स्थानका भुवनले दोस्रो होलमा बर्डी प्रहार‌ गर्दै फ्रन्ट नाइनमा‌ एक अन्डर ३३ को स्कोर गरे ।

त्यसपछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाइन दुई अन्डर ३५ को स्कोर गरे । उनले ११औँ, १५औँ र १८औँ होलमा समान एक सट बचाउँदा १२औँ होलमा बोगीको सामना गरेका थिए । सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको विजेता सद्भावले फ्रन्ट नाइन एक अन्डर ३३ र ब्याक नाइन एक अन्डर ३४ स्कोर गरेका थिए । उनले तेस्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी खेपेका थिए । त्यसपछि १२औँ होलमा बोगी खेपेका उनले १३औँ र १५औँ होलमा बर्डी प्रहार‌ गरे ।

यसैगरी पूर्व नम्बर एक प्रोफेसनल गल्फर रविले फ्रन्ट नाइन इभन ३४ स्कोर गरे । उनले ब्याक नाइनमा‌ इभन पार ३५ को स्कोर गरेका थिए । चौथो र आठौँ होलमा बर्डी प्रहार गरेका रविले छैटौँ होलमा डबल बोगी खेपे । 

ad
ad