१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक भट्टद्वारा पदबहाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:५४:oo

नेपाल आयल निगम लिमिटेडको नवनियुक्त कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बुधबार दिउँसो ४ बजे पदबहाली गरेका छन्।

गत आइतबारको मन्त्रिपरिषद् बैठकद्वारा आगामी तीन वर्षका लािग निगमको कार्यकारी निर्देशक नियुक्त भएका भट्टले बुधबार दिउँसो १२ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गएर नियुक्ति-पत्र बुझेका थिए। 

त्यसपछि उद्योगमन्त्री रमेश रिजालसँग शपथ लिएका उनले अपराह्न ४ बजे टेकुस्थित निगमको प्रधान कार्यालय पुगेर पदबहाली गरेका हुन्।

पदबहालीअघि उनलाई निगमका कर्मचारीहरूले स्वागत कार्यक्रम राखेका थिए। स्वागत कार्यक्रममा बोल्दै भट्टले सार्वजनिक संस्थानहरूमध्ये आयल निगम बढी जनचासोको क्षेत्र भएको र निगमबारे सर्वसाधारणमाझ नकारात्मक धारणा बनिरहेको बताएका थिए। उनले आफ्नो कार्यकालमा निगमको छवि सुधार गर्न प्रयत्न गर्ने बताए।

‘तपाईं - हामी सबै मिलेर निगमको छविमा सुधार गर्नुपर्नेछ। यसो गर्न सकियो भने भविष्यमा निगमको कार्यकारी निर्देशकका लागि अवकाश प्राप्त सचिवहरूले समेत प्रतिस्पर्धी र आकांक्षी बन्न सक्छन्,’ उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो।

गत आइतबारकै मन्त्रिपरिषद् बैठकबाट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएका भूपेन्द्र भण्डारीले भने हिजो (मंगलबार)नै पदबहाली गरिसकेका छन्।


 

ad
ad