१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
२०८० फाल्गुण ९ बुधबार १७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने  

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ९ बुधबार १७:४५:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार यही १९ फागुन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

प्रधानमन्त्रीसँग बुधबार लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीमगरले भेट गर्दै विशेष सम्बाेधनकाे टुंगाे लगाएका हुन्। भेटमा लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन तथा प्रधानमन्त्रीको सम्बोधनका विषयमा छलफल भएको सभामुख मगरले जानकारी दिए। 

प्रदेश सरकार र प्रदेश सभाको आग्रहमा प्रधानमन्त्री १९ फागुनमा देउखुरी आउँदै छन्। सोही दिन उनले प्रदेश सभालाई विशेष सम्बोधन गर्नेछन्।

बुधबारको भेटमा लुम्बिनीमा २८ र २९ फागुनमा हुन लागेको शिखर सम्मेलनको तयारीका विषयमा मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीलाई जानाकारी गराएका थिए। लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन यही १८ फागुनदेखि सुरु हुँदै छ।