मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ९ बुधबार १३:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नामिबियाले गुमायो तेस्रो विकेट

नामिबियालाई जितका लागि सय रन आवश्यक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार १३:२३:oo

आइसिसी विश्वकप लिग– २ मा नामिबियालाई नेपालविरुद्ध दोस्रो जित निकाल्न ३७.५ ओभरभित्र सय रन बनाउन आवश्यक छ। सिरिजअन्तर्गत बुधबार नामिबियाले नेपालले प्रस्तुत गरेको एक सय ६९ रन पछ्याइरहेको छ। 

नामिबियाले १२.१ ओभरमा तेस्रो विकेट गुमाएको छ। क्रिजमा सेट भएका गेरार्ड रास्मुस र माइकल भानबीचको तेस्रो विकेटको डरलाग्दो साझेदारीलाई कुशल मल्लले तोडेका हुन्। कुशलले माइकल भानलाई विकेट पछाडि आसिफ शेखबाट आउट पारे। 

भानले ३४ बलमा चार चौका र दुई छक्काको सहयोगमा ३१ रन बनाए। नामिबिया १२.१ ओभरमा ६९–३ को स्थितिमा छ।