१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
दुर्घटनाग्रस्त क्षेत्र ।
२०८० फाल्गुण ८ मंगलबार २२:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ८ मंगलबार २२:३१:००

पूर्वी नवलपरासीमा आज राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका– ३ बेलाहानीस्थित भित्री सडकखण्डमा झ्यालबासबाट गिरुवारीतर्फ जाँदै गरेको लु. ३६प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । 

दुर्घटनामा मृत्यु भएका पुरुष र घाइते रहेका पुरुषको पहिचान खुल्न सकेको छैन । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।