१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका संखुवासभा
२o८१ बैशाख २२ शनिबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हुस्सु र तुवाँलोले तुम्लिङटारमा तीन दिनदेखि उडान अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१४:oo

पूर्वी हिमाली तथा पहाडी जिल्ला संखुवासभाको एक मात्रै तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सु र तुवाँलोका कारण तीन दिनदेखि उडान अवरुद्ध भएको छ । शनिबारदेखि हुस्सु र तुवाँलो नखुलेका कारण जहाज अवतरण हुन नसकेको हो । 

जहाज उडानका लागि पर्याप्त भिजिबिलिटी नभएपछि तीन दिनदेखि जहाज आउन नसकेको बुद्ध एयर तुम्लिङटारका कर्मचारी राजीव पोखरेलले बताए । उनले जहाज आउनका लागि कम्तीमा तीनदेखि पाँच हजार मिटर भिजिबिलिटी हुनुपर्ने बताउँदै बाक्लो हुस्सु र तुवाँलोले डाँडाकाँडा नै नदेखिने गरी ढाकिएको बताए ।

हुस्सु र तुवाँलोले विमानस्थलनजिकैको डाडाँकाडा ढाकेको छ । तीन दिनदेखि जहाज नआउँदा यात्रु अलपत्रमा परेका छन् । खाँदबारीदेखि धरान–विराटनगरसमेत आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ । जिल्लामा ठूला अस्पताल र शैक्षिक संघ–संस्था नहुँदा धरान, विराटनगर र काठमाडौं नै धाउनुपर्ने बाध्यता कायमै छ भने तुम्लिङटार विमानस्थल संखुवासभाका साथै छिमेकी जिल्ला भोजपुरका षडानन्द नगरपालिका र साल्पा शिलिछो गाउँपालिकालगायत आधाभन्दा बढी भागका मानिसलाई तुम्लिङटारबाट नै विराटनगर र काठमाडौं जान नजिक पर्छ । 

तुम्लिङटार विमानस्थलमा निजी कम्पनीका बुद्ध एयरको एटिआर ७२ सिटे जहाजले दैनिक उडान गर्दै आएको छ । यसअघि गुण एयरलाइन्स सञ्चालनमा रहे पनि अहिले बन्द छ । नेपाल वायु सेवा निगमले तुम्लिङटार उडान गर्न बन्द गरेको लामो समय भइसकेको छ । 

ad
ad