मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ७ सोमबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ७ सोमबार १४:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महासमिति बैठक युनियनद्वारा बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ७ सोमबार १४:४८:oo

कांग्रेस महासमिति बैठकलाई नेपाल प्रेस युनियनले बहिष्कार गर्ने निर्णय गरेको छ। सोमबारदेखि राजधानीमा सुरु भएको कांग्रेस महासमिति बैठकलाई प्रेस युनियनले बहिष्कार गर्ने निर्णय गरेको हो। 

महासमिति बैठकमा प्रेस युनियनको प्रतिनिधित्वलाई लिएर सार्वजनिक विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैठकमा सहभागिता नजनाउने निर्णय गरेको युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

‘लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन। कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई चाहनेहरूलाई बल पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ।